नमोबुद्ध नगरपालिका वडा नं १० को वडा कार्यालय भवन शिलान्यास कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडाअध्यहरू रामकृष्ण अधिकारी, मेलबहादुर लामा, कृष्णबहादुर तामाङ लगायतको उपस्थितिमा सम्पन्न । मिति:२०७७ माघ १८ गते
समाचार
Photo Gallery
काभ्रेका नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतका लागि पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पतालबाट सुरु । मिति : २०७७ माघ १६ गते
७ महिनाअघि सिन्धुपाल्चोकमा झाडीमा भेटिएकी बालिका ‘मानवी’को अन्नप्राशन कार्यक्रम नगर प्रमुख टिपी शर्मा तिमल्सिनाद्वारा अभिभावकत्व ग्रहणसँगै मानव कल्याण समाजद्वारा सञ्चालित सेवा घर धुलिखेलमा सम्पन्न । कार्यक्रममा नमोबुद्ध नगरपालिका र मानव कल्याणबीच सहयोगसम्वन्धी सम्झौतामा हस्ताक्षरसमेत सम्पन्न भएको छ । सम्झौतापत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले हस्ताक्षर गर्नुभएको छ । मिति ः २०७७ मंसिर २७ गते
कृषि उपज संकलन केन्द्र उद्घाटन पर्यटकीय नगरी नमोवुद्ध नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार स्थापना गरिएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना भएको भकुण्डे कृषि उपज संकलन केन्द्र साउन २३ गते शुक्रबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको छ । केन्द्रको शुक्रबार एक समारोहबीच नगरप्रमुख टिपी शर्मा तिमल्सिना र उपप्रमुख रामदेवी तामाङले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरपालिकाले खाद्य सूरक्षा, किसानको हकहितका लागि कार्यविधि नै बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभयो । नगरपालिकामा चाँडै नै खसी बोका संकलन केन्द्र स्थापना गर्ने र त्यसबाट नमोबुद्ध नगरपालिकासहित तेमाल गाउँपालिका, रोशी गाउँपालिकाका साथै छिमेकी जिल्ला सिन्धुलीका पशुपालक किसानसमेत लाभान्वित हुने तिमल्सिनाले बताउनुभयो । यस्तै युवालाई स्वरोजगार बनाउन कृषि र पर्यटनमा आधारिक रोजगारमुलक कार्यक्रम तय गरिएको, कृषि पर्यटनको अवधारणा तयार पारिएको तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा कृषि, पर्यटन र व्यापारलाई एकसाथ अघि बढाउने योजना बनाएको जानकारी दिनुभयो । उहाँले नगरभित्र उत्पादित मौलिक सामग्री प्रदर्शनी र बिक्रीका लागि कोसेली घरको अवधारणा ल्याइएको जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले तरकारी बजारलाई अझै व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । सबै वडाका किसानको नेटवर्क बनाउने, काठमाडौंका साथै तराईका बजारसम्म किसानको उत्पादन सहजै पुग्ने व्यवस्था मिलाउने उहाँको भनाई छ । तरकारी, मासु र अण्डामा नमोबुद्ध नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना अघि सारिएको चापागाईंको भनाई छ । केन्द्र स्थापनाका लागि फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाबाट १५ लाख रुपैयाँ र नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । आयोजनाले संकलन केन्द्र स्थापनाका साथै किसानलाई उन्नत जातका बिउबिजन वितरण, आवश्यक तालिम, थोपा सिञ्चाई, तरकारी नमुना प्रदर्शनीका लागि २४ लाख १९ हजार ७ सय २५ रुपैयाँ खर्च गरेको नमोबुद्ध नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले बताउनुभयो । भकुण्डे कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका कृषि संयोजक एवं वडा नंवर ९ का वडाअध्यक्ष मेलवहादुर लामाले कृषिलाई व्यवसायिक बनाउँदै लैजान नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका सबै वडामा प्रति वडा ६ वटाका दरले भुसा काट्ने मेसिन हस्तान्तरण गरिएको थियो । यस्तै फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजना र सिप्रेडको तर्फबाट प्राप्त तरकारी संकलन क्रेटसमेत हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नमोवुद्ध नगरपालिका युवा परिषदका उपाध्यक्ष अशोक खनाल, नगरपालिकाका वडा अध्यक्षहरु, काभ्रे कृषि बजार व्यवस्थापन समिति अध्यक्ष पुर्णचन्द्र सिग्देल, नगरपालिका पशु विकास शाखाका प्रमुख चिरन्जिवी शर्मा, कृषक समूह महासंघ प्रदेश सदस्य कमला खनाल, महासंघका राममणि हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।