समाचार
घर निर्माणका लागि नक्सा पासको प्रक्रियाहरु के के हुन् ?
१. निवेदन दर्ता
- निर्माण हुने निर्माण कार्यको नक्सा ३ प्रति
 - लालपुर्जा प्रतिलिपी
 - नागरिकता प्रतिलिपी
 - प्रमाणित नापी नक्सा
 - एकिकृत सम्पति करको रसिद
 - डिजाइनरको इजाजत प्रमाणपत्र
 
२.निवेदन  वडा कार्यालयमा चलानी
३.सूचना टास मुचुल्का तथा सर्जमिन मुचुल्का मा  संधियार को दस्तखत
४.वडा वाट १६ दिन पछि फाइल फिर्ता र न.पा. मा दर्ता
५.प्राविधिक ( सर्भेक्षक ) वाट जग्गाको निरिक्षण तथा मापद०ड छुटयााउने
६.न.पा. मा नक्सा दस्तुर तिर्ने
७.अस्थायी इजाजात पत्र प्रदान
८.डि.पि.सी निर्माण पश्चात स्थायी नक्सा पासका लागि  डिजाइनरको प्रतिवेदन सहित निवेदन
- सम्वन्धित वडाका प्राविधिक वाट फिल्ड निरिक्षण
 
९.नक्सा वमोजिम घर निर्माण भैसके पछि सम्पन्न प्रमाण पत्र का लागि निवेदन
- डिजाइनरको प्रतिवेदन सहित निवेदन
 - निर्माण सम्पन्न घरको चारै तर्फको फोटो
 - घर धनीकाे पासपाेर्ट साइजकाे फाेटाे ३ प्रति
 - सम्वन्धित वडाकाे सिफारिस
 - सम्वन्धित वडाकाे प्राविधिक निरिक्षण
 
